कोरोनाबाट बच्‍न विद्यालयमा मास्क वितरण

आइतबार, २ चैत्र २०७६

सिमकोट– कोरोना फैलिन नदिन सिमकोट गाउँपालिकाका पाँच सय वद्यार्थीहरुलाई निुशल्क रुपमा मास्क वितरण गरिएको छ।

सम्भावित कोरोना भाइरसबाट जोगिन र सचेत रहनका लागि विद्यालयमा अध्ययनरत विद्यार्थीरुलाई मास्क वितरण गरिएको हो।

कोरोनाबाट सुरक्षित राख्‍न र विद्यार्थीहरुलाई सचेत बनाउनका लागि पाँच सय विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारीहरुलाई मास्क बितरण गरिएको हो।

सिमकोट गाउँपालिकाको वडा नम्बर ६ को कालाशिल्ता प्राबिका एक सय पचास जना, भिमसेन आधारधुत विद्यालयका एक सय पचास जना, मानसरोवर माबिका तीस जना शिक्षक कर्मचारी, बाल मन्दिर माविका १९ जना शिक्षक, जनप्रतिनिधि, बिमान स्थका सुरक्षाकर्मी, एयरलाईन्सका कर्मचारीहरुलाई मास्क बितरण गरिएको बिपि चिन्तन प्रतिष्ठानका सभापति बसन्त रोकायाले बताए।