यसकारण खानुपर्छ लसुन
काठमाडौं–हाम्रो किचनमा सजिलै उपलब्ध हुने लसुनलाई विशेष गरी खानाको स्वाद बढाउनका लागि प्रयोग गरिन्छ । यसले खानालाई मात्र स्वादिलो बताउँदैन, विभिन्न स्वास्थ्य लाभ प्रदान पनि गर्छ, जस्तै रक्तचापलाई कम गर्नु, कोलेस्ट्रोलको स्तरलाई घटाउनु, कार्डियोभास्कुलर स्वास्थ्यमा सुधार गर्नु र क्यान्सरलाई रोक्न सहयोग गर्नु ।
लसुनलाई औषधिको रुपमा समेत प्रयोग गर्दै आएका छौं । यसका विभिन्न फाइदाहरुको बारेमा आज तपाईलाई जानकारी गराउँदैछौं ।
लसुन खानुका फाइदाहरुः
– दाँत दुखाईमा राहतः लसुनले दाँत दुखाईमा पनि राहत दिलाउने काम गर्दछ । लसुनलाई ल्वाङ्गसँग पिसेर दाँत दुखेको ठाउँमा लगाउँदा पीडाबाट तुरुन्त राहत प्रदान गर्छ ।
– प्रतिरोधी क्षमतालाई चुस्त राख्छः लसुनमा प्रोटिन हुन्छ जसले विभिन्न स्वास्थ्य समस्यासँग जुध्ने एन्टीबडी बनाउन सहयोग गर्दछ । यसलाई रुघा–खोकी र यहाँसम्म कि अत्यधिक गम्भीर रोग लाग्ने जोखिम पनि कम गर्ने गर्दछ । यसका साथै, जो व्यक्तिको रगत गाढा हुन्छ, उनीहरुका लागि पनि लसुन निकै फाइदाजनक हुन्छ ।
– क्यान्सरलाई नष्ट गर्छः लसुनको सबैभन्दा ठूलो फाइदा यसले रोग प्रतिरोधात्मक क्षमतालाई विकास गर्दछ । केही जानकारका अनुसार लसुनमा क्यान्सरजस्तो गम्भीर रोगसँग लड्ने क्षमता पनि हुन्छ ।
– हृदय रोगबाट बचाउँछः लसुनले तपाईंको शरीरमा ब्याड कोलेस्ट्रोलको स्तर कम गर्दछ । यसकारण तपाईंको मुटु सधैं स्वस्थ रहन्छ । यसले शरिरमा गुड कोलेस्ट्रोल बढाउन सहयोग गर्दछ । उच्च रक्तचापलाई कम गर्न पनि लसुन निकै फाइदाजनक हुन्छ ।