रौतहटबाट दुई थान बन्दुकसहित एक पक्राउ
सशस्त्र–प्रहरीले दुई थान बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान पौने १० बजे रौटहट यमुनामाई गाउँपालिका(३ राजपुर तुलसीबाट सशस्त्र प्रहरीले ४९ वर्षीय शेष बैतुल्लालाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर रायमाझीको कमाण्डमा खटिएको टोलीले उनलाई चेक गर्दा उनीबाट दुई थान बन्दुक भेटिएको सशस्त्र प्रहरी बल नेपाली ११ गण हे क्वा रौटहटका गणपति सशस्त्र एसपी रविनराज कर्णजीतले बताए।
उनीबाट प्रहरीले चाइनिज पेस्तोल एक थान, म्यागजिन एक थान, ७।६५ मि।मि। बाल राउण्ड दुई गोटा, कटुवा पेस्तोल एक नालसमेत बरामद गरेको छ।
साथै, मोबाइल दुई थान, ३४८० नेपाली नगद, २१ भारतीय रुपैयाँ, एक साउदी रियाल, नेपाली नागरिकता, सवार अनुमति पत्र र ब्लूबुक उनको साथबाट पाइएको एसपी कर्णजीतले जानकारी दिए।