विद्यालय समय ९ बजेदेखि ३ बजेसम्म! शिक्षा मन्त्रालयले थाल्यो छलफल
काठमाडौं– सरकारले देशभरका सामुदायिक तथा निजी स्कुल खुल्ने समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोक्न छलफल अघि बढाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यस विषयमा छलफल भइरहेको जानकारी दिएका छन्।
सरकारले यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकेको थियो। प्रवक्ता शर्माका अनुसार यसबारेमा छलफल चलिरहेकाले कुनै निर्णय भएको छैन। ‘देशभरका स्कुलहरुमा बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छु, उनले भने, ुनिर्णय भने भइसकेको छैन।’
शिक्षा मन्त्रालयका अधिकारीका अनुसार निजी स्कुल, सरकारी स्कुल र सरकारी कार्यालयको समय समान हुँदा सडकमा चर्को सवारी जाम भइरहेको छ। उपत्यकासहितका देशका मुख्य सहरमा हुने ट्राफिक जामलाई व्यवस्थापन गर्न विद्यालयको समय हेरफेर गर्नेबारे छलफल थालिएको हो।