बिमल डाँगीको नयाँ गीत बजारमा (भिडियो सहित)

सोमबार, ३ चैत्र २०७६

काठमाडौँ – लोक तथा दोहोरी क्षेत्रकै बहुचर्चित गायक बिमल डाँगीको नयाँ गीत बजारमा आएको छ । डाल्पाका गायक डाँगीको ‘मेरो डोल्पा’ नामक गीत सार्वजनिक भएको हो ।

सरीता डाँगी र उनको स्वर रहेको उत्तः गीतमा रामचन्द्र रोकाया ‘उत्तम’ शब्द रहेको छ । गीतमा संगीत विमल डाँगी र संगीत संयोजन नारायण दंगालले गरेका छन् ।

गीतबाट डोल्पाको सुन्दरता, धार्मिक र साँस्कृतिक पक्ष झल्काइएको छ । उक्त गीत डाँगीकै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गीत हेर्नुहोस्