सम्पूर्ण खेल गतिविधि एक साता बन्द

मंगलबार, ४ चैत्र २०७६

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् राखेप ले एक साताका लागि सम्पूर्ण खेल गतिविधि रोक्ने निर्णय गरेको छ ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक साताका लागि सबै खेल गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड–१९० का कारण विश्वका अधिकांश ठूला प्रतियोगिता स्थगित भइसकेका छन् । राखेपले पनि कोरोना भइरसको जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा,

सम्मेलन गोष्ठी, सेमिनारलगायत भेला तत्काललाई एक साता लागि बन्द गर्ने निर्णय भएको जनाएको छ ।

सातादिनपछि अवस्था हेरी पुन निर्णय सार्वजनिक गरिने सदस्य–सचिव सिलवालले बाह्रखरीलाई जानकारी दिए ।