चीनले नेपाललाई एक लाख मास्क दिने, कहिले आउँदैछ चिनियाँ मास्क ?
काठमाडौं – नेपालले चीनलाई कोरोना विरुद्ध लड्न १ लाख थाम मास्क पठाउने भएको छ । चिनियाँ राजदुद यु यङ्चीले नेपाललाई एक लाख थान माक्स दिन ऐक्यवद्धता जनाएकी हुन ।
कोरोना भाइरस संक्रमणबाट सुरुमै प्रभावित भएको छिमेकी चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक अरु सबै सहयोग उपलब्ध गराउने जनाएको छ । चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के–के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागे गरेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल कोरोना संक्रमणको सम्भावित दबावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीन यसबेला नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराइएको छ । चीनले केही राष्ट्रलाई सहायता बढाउने नीति अनुरुप नेपालको आवश्यकता के हो भनेर सोधेको हो ।
चीनले नेपाललाई पठाएको पत्रमा सोधिएको छ– के नेपाल योबेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाललाई उर्जामा सहायता चाहिएको हो ? नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनुपर्छ ? हामी जुनसुकै बेला पनि तत्पर छौं ।
चीनले नेपालमा कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक चीनबाटै पहिलो भ्रमण गराउन समेत चाहेको जनाएको छ ।
चीनसँग आवश्यक सहयोगबारे छलफल भइरहेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताए । उनले चीन र भारत दुवैतिरबाट सहयोगको कुरा आएको प्रष्ट पार्दै नेपाल सबै छिमेकीहरुसँग मिलेर यो महामारी विरुद्ध लड्न सक्षम रहेको बताए ।
केही दिनअघि मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन गरी नेपाललाई कोरोना संक्रमणबाट जोगाउन चीनले आवश्यक जुनसुकै सहायता गर्ने बताएका थिए । नेपालले आवश्यक महशुस गर्ने विक्तिकै चिनले नेपालमा समानहरु पठाउने छ ।