कोरोना असर ताजमहल ३१ मार्चसम्म बन्द

मंगलबार, ४ चैत्र २०७६

 

कोरोनाको– त्रास बढ्दै गएपछि भारतको चर्चित पर्यटकीय गन्तव्य ताजमहल बन्द गरिएको छ।

कोरोनाभाइरस संक्रमित बिरामीहरू बढ्न थालेपछि मंगलबार सरकारले ३१ मार्चसम्म ताजमहल बन्द हुने जानकारी गराएको हो।

संस्कृति मन्त्रालयले दशौं हजार पर्यटकहरू आउने भएकोले थप संक्रमण बढाउने भन्दै बन्द गराएको जानकारी दिएको हो।

ताजमहलमा दैनिक ७० हजार पर्यटकहरू आउने गरेको बिबिसीले जनाएको छ।

भारतमा अहिलेसम्म १२६ जनामा कोरोनाभाइरस संक्रमित बिरामीहरू पुष्टि भइसकेका छन्।