‘भारतमा कोरोना महामारी तेस्रो चरणमा प्रवेश छैन’

बुधबार, ५ चैत्र २०७६

काडमाडैं–इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च आईसीएमआर का निर्देशन बलराम भार्गवले भारतमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा रहेको बताएका छन् ।

उनले बीबीसीसँग भनेका छन्, “कोरोना भाइरसको संक्रमणमा भारतमा दोस्रो चरणमा छ । तेस्रो चरणमा पुुगिसकेको छैन ।” निर्देशक भार्गवले महामारी फैलिने चार चरण हुने र भारत तेस्रो चरणमा नपुगिसकेको बताए ।

तेस्रो चरणमा पुग्दा समुदायमा यसको ब्यापक संक्रमण हुने उनले बताए । अहिलेसम्म भारतमा विदेशबाट आउनेहरुलाई मात्रै यसको संक्रमण देखिएको छ ।

भारतमा कोरोना भाइरस परीक्षण गर्ने ७२ रहेमो थप ४९ केन्द्र थप गरिएको छ । अहिलेसम्म यो संक्रमणबाट भारतमा तीन जनाको मृत्यु भएको छ । १४३ जनामा संक्रमण देखिएको छ ।