आज सुनको मुल्य बढ्यो, कतिमा हुदैछ काराेबार ?

बुधबार, ५ चैत्र २०७६

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजारले बृद्धि भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार ५ सय रहेको थियो ।

आज मूल्यमा बृद्धि भइ प्रतितोला सुन ७६ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७६ हजार २ सय रहेको छ ।

आज चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य ७ सय १० रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।