नेपालले लगायो ५५ देशमाथि प्रतिबन्ध, अव के होला ?
काठमाडौं – नेपाल सरकारले कोरोना भाइरस (कोभिड १९) बाट प्रभाविति ५५ देशमाथि प्रतिबन्ध लगाएको छ । कोरोनाको संक्रमण देखिएका देशहरुबाट नेपालले नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको हो ।
कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको हो ।