कोरोना कहरः अमेरिकामा नयाँ रेकर्ड
काठमाडौँ–अमेरिकामा कोरोना भाइरसका कारण १५१ जनाको मृत्यु भएको छ । बुधबारमात्रै ४२ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ९२६९ पुगेको छ । अमेरिकामा मंगलबारमात्रै २८५८ जना नयाँ केशहरु देखिएका छन् । यति धेरै जना संक्रमित देखिएको यो पहिलो घटना हो । पछिल्लो समय अमेरिकामा भयावह स्थिति देखिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै ५० राज्यमा फैलिएको छ ।
भाइरसलाई हलुका रुपमा लिदाँ अमेरिकाले यो नियती भोगेको विज्ञहरुले बताएका छन् ।
अमेरिकामा मंगलबारको रिपोर्टले सरकारलाई थप दबाब र चुनौती थपिएको मिडिया रिपोर्टमा उल्लेख छ । अमेरिकी सरकारले आफ्ना नागरिकलाई एक हजार डलरको चेक पठाउने तयारी भइरहेको बताएको छ ।
आइतबार बसेको एक बैठकले अमेरिकाले सम्पुर्ण अमेरिकन जसले बिमा गरेका छन् उनीहरुले निशुल्क कोरोना परीक्षण गर्न पाउने निर्णय गरिसकेको छ ।
सरकारले धैर्य रहन आग्रह गरे पनि विज्ञहरुले स्थिति झन् खतरनाक हुँदै गएको बताउँदै आइरहेका छन् ।