सर्बोच्च अदालतका श्रेस्तेदार पराजुली रङ्गेहात पक्राउ
काठमाडौं – जिल्ला अदालत कास्कीबाट सर्वाेच्च अदालत काठमाडौमा सरुव भएका जिल्ला श्रेस्तेदार रङ्गेहात पक्राउ परेका छन । सरुवा भएर सर्बोच्च अदालत जान रमानासमेत बुझिसकेका जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीलाई ३० हजार रुपियाँ घुस रकमसहित पोअत्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात फत्राउ गरेको हो ।
पराजुलीलाई पोखरा ५, पर्स्याङ्गस्थित एक मदिरा पसलबाट पक्राउ गरिएको अख्तियारबाट खटिएका प्रहरी इन्सपेक्टर धर्म जोशीले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले उनलाई मदिरा पसलमा मुद्दाका एक पक्षसँग ३० हजार रुपैयाँ घुस लिइसकेपछि बुधबार राति पक्राउ गरेको हो।
संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै उपसचिवसमेत रहेका पराजुलीले घुस मागेका थिए। सुरुमा पराजुलीले ५० हजार रुपैयाँ घुस मागेकोमा बार्गेनिङपछि ३० हजारमा कुरो मिलेपछि उनी घुस लिन मदिरा पसलमा गएका थिए ।
पटक पटक विवादमा मुछिने गरेका पराजुलीको कास्की जिल्ला अदालतबाट सर्वोच्च अदालत काठमाडौंमा सरुवा भइसकेको थियो र उनले सर्बोच्च अदालतका लागि रमाना समेत लिईसकेको बताइएको छ । तर सर्वोच्चमा जान आनाकानी गर्दै पोखरामै बसेर धन्दा चलाएको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियारको भनाई छ ।
यसअघि बागलुङमा हुँदा पनि उनको भूमिका विवादास्पद देखिएको थियो। मुद्दामै गडबडी गरेको भन्दै बागलुङमा उनीमाथि आक्रमण भएको थियो।