कपडा तथा सिलाइ ब्यवसायी महासंघले मनायो प्रथम स्थापना दिवस
काठमाडौं – नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघल प्रथम स्थापना दिवस भब्य समारोहका बिच सम्पन्न गरेको छ । महासंघका सल्लाहकार तथा पुर्व मन्त्री माननीय जितु गौतमको प्रमुख आतिथ्यता सम्पकन्न भएको कार्यक्रममा व्यवसायीहरुको हक, हित र व्यवसाय प्रवद्धनका लागि पहिल गर्ने विषयमा छलफल भएका थियो ।
प्रथम स्थापना दिवसको अवसरमा महासंघका सस्थापक सात जिल्लाहरु उदयपुर, महोत्तरी ,सिन्धुली ,कास्की ,बाके, जाजरकोट र कैलाली लाई सम्मान गरिएको महासंघका बागमति प्रदेश सचिव राज कार्कीले बताए ।
कार्यक्रममा विशिष्ट अतिथी द्वय महासंघका सल्लाहकार तथा नेपाल सरकार अनुगमन तथा मुल्यांकन समितिका सभापति माननीय निरादेबी जैरु, नेपाल उद्योग बाणिज्य महासंघ उपाध्यक्ष तथा बस्तुगत सभापति उमेश लाल श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य जय शिवाकोटी, आकाश अधिकारी, रबिन श्रेष्ठ, नेपाल फुट वेयर एशोसिएसनका अध्यक्ष कृष्ण प्रसाद फुयाल, कानुनी सल्लाहकार डेकेन्द्र सुवेदी लगाययतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता महासँघका अध्यक्ष राम कृष्ण श्रेष्ठले गरेका थिए ।