तपाईको मोवाइलमा कसले राखिदियो रिंगब्याक टोन ? सुन्नुहोस् त
काठमाडौं – नेपाल टेलिकमको सिममा फोन गर्ने जोसुकै ले एउटा सन्देश सुन्ने गरेका छन । धेरैले उक्त रिङव्याक टोन सम्बन्धित ब्यक्तिले राखेको भनेर सोचिरहेका होलान । तर उक्त सन्देश नेपाल टेलिकम आफैले सबैको फोनमा राखिदिएको छ ।
टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ । कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो । पटक–पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ ।
टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो । फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ ।
यसबाट सचेतना सन्देश एकैपटक आम रुपमा फैलाउन सहयोग पुग्ने कम्पनीले बताएको छ ।