नेपालमा ५२९ जनाको कोरोना जाँच, कति जनामा देखियो संक्रमण ?

बिहिबार, ६ चैत्र २०७६

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ५ सय २९ जनाको कोरोना (कोभिड १९) परिक्षण गरिएको जनाएको छ । बिहिबार ४ बजेसम्म सार्वजनिक गरेको तथ्याङ्कमा नेपाली कसैमा पनि कोरोना नदेखिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले आफ्नो वेवसाइटमा सार्वजनिक गरेको सूचनामा ५ सय २९ जनाको परिक्षण गरिएको र ५ सय २८ जनामा नेगेटिभ देखिएको जनाएको छ । मन्त्रालयले १ जनामा कोरोना देखिएको भए पनि पछि निको भएर घर फर्किसकेको जनाएको छ ।

त्यस्तै, विश्वभर १६६ देशहरुमा कोरोना फैलिएको र ८ हजार ६ सय ५७ जनाको मृत्य भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।