बलात्कृत दुई सन्तानकी आमामाथि महिला अधिकारकर्मीको घिन लाग्दो हर्कत

शुक्रबार, ७ चैत्र २०७६

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका ९ मा भएको बलात्कार काण्डलाई पैसामा बार्गेनिङ गर्ने असफल प्रयास भएको छ । एक विवाहित २ सन्तानको आमालाई बलात्कार गर्ने एक स्थानीय यूवालाई पैसा दिन लगाएर बलात्कार काण्डलाई साम्य पार्न खोजिए खुलासा भएको छ ।

आफूलाई महिला अधिकारवादी बताउने यामकुमारी ढकालले बलत्कारको आरोपीतका परिवारसँग ४ लाख रुपैयाँ मागरेको खुलासा भएको छ । ती महिलाले यूवाको परिबारबाट मुद्दाको प्रक्रिया मिलाईदिने भन्दै बार्गेनिङ गरेको खुलासा भएको हो ।

ढकालसँगै नेपाली काङ्ग्रेसका नेता रामबहादुर कलेलले समेत बार्गेनिङ गरेको ए विश्वस्त श्रोतले जनाएको छ । २१ गतेको घटनामा पटकपटक बार्गेनिङ गर्दा पैसा नपाएपछि कलेल र ढकालले महिलाको दबाबमा जिल्ला अदालत कैलालीमा मुद्दा दायर भएको बुझिएको छ ।

यामकुमारि ढकाल र रामबहादुर कलेलले बताल्कारको आरोप लागेका जोशी परिवारसँग ४ लाख रुपैयाँ दिएमा महिलाको श्रीमान तथा सासुलाई मनाएर मुद्दा किनारा लगाईदिने भन्दै बार्गेनिङ गरेका थिए । पटक पटकको असफल प्रयास पछि अदालतमा मुद्धा दायर गरिएको बुझिएको छ । कलेल र ढकालले आफूलाई पनि कमिशन आउने गरि काम गरेकाले जोशी परिवार हच्कीएको एक स्थानियले बताए ।

पिडित महिलालाई समेत बोकेर ३/४ पटकसम्म बार्गेनिङ गर्दै धनगढी आउजाउ भएको र पछि बार्गेनिङ अनुसारको पैसा नपाउने देखिएसँगै मुद्दा दर्ता गर्नुले तिनीहरुको नियतमाथि संका उत्पन्न भएको छ । ढकालले बार्गेनिङको क्रममा, ‘विगतमा यस्तै केसमा बढैपुरमा एक जनाबाट ४ लाख रुपैयाँमा मिलाउन सफल भएका थियौं । यहाँ पनि पैसा दिए मिलाउन सकिन्छ ।’ भन्ने गरेको नाम नबताउने सर्तमा एक स्थानियले मोटिभेट न्यूज डटकमलाई बताए ।

४ लाखको दिन कुनै पनि रोजगारी र आम्दानीको स्रोत नभएकाले जोशीको परिवारले रकम दिन नसकेको बुझिएको छ । घर परिवारको सम्पर्कमा नभका जोशीलाई परिवारले बलत्कारको मुद्दा चलाउन पिडित पक्षलाई सुझाव दिएको थिए ।

२१ फागुनमा पिडित भनिएकी महिलाको तर्फबाट २२ गतेका दिन ईलाका प्रहरी कार्यालयमा सुरक्षा गरिदिन निवेदन दर्ता भएको छ । सुरक्षा माग गरेका उनिहरुले अहिले १५ दिन पछि आएर बलत्कारको मुद्दा दर्ता गर्न खोज्नुको पछाडि गम्भिर रहस्य रहेको छ ।

२४ गते जोशीको घरबाट कपडा चोरी भएको र चोरेर लगेको कपडा महिलाको ओछ्यानमा राखेर कपडा भेटियो भन्ने जानकारी याममाया ढकाललाई थियो ।

श्रीमानसँग पनि बार्गेनिङ
महिलाको श्रीमान रोजगारीको क्रममा भारत रहेको र श्रीमान् आएपछि छलफल गर्ने गराउने भन्दै ओरेक नेपालको सेफ हाउसमा २२ गते ति महिलाई राखिएको थियो । श्रीमान् आएपछि पटकपटक छलफल भएकोे थियो । ढकाल र कलेलले पैसाको बार्गेनिङ गरिरहेकाले छलफल टुङ्गो लाग्न सकेको थिएन ।

२१ फागुनको घटना भए देखिनै धेरै चासो दिएर हिडेका ढकाल र कलेलले बास्तविक नालिबेलि थाहा पाए पनि पैसाको बार्गेनिङ नमिलेपछि अदालत गएका हुन । यो बिचमा ती पिडित भनिएकी महिलासँग ढकालको उठबस बाक्लो रहेको स्थानीय बताउछन् ।

चैत ६ गते महिलालाई श्रीमान् सँग छोडपत्र र अंशदावि मुद्दा दर्ता गराउने भनी लगेका ढकालले अन्य कुरा र विषय चासो राखेको बुझिएको छ ।