कोरोनाबारे अर्थविदको सुझाव, भने, ‘गाउँ जानुहोस् कृषिकर्म गर्नुहोस्’
काठमाडौं – अर्थविद् चन्द्रमणी अधिकारीले कोरोना भाइरस (कोभिड–१९) बाट जोगिदै अर्थतन्त्रलाई पनि जोगाउन लाग्नु पर्ने बताएका छन ।
सम्बाद क्लव नेपालले आयोजना गरेको अन्तर सम्वाद कार्यक्रममा बोल्दै उहाँले खाली समयममा कुरा गरेर बस्नुको सटटा उत्पादन मुलक काम गर्न आग्रह गरे ।
अर्थविद् अधिकारीले अहिले शैक्षिक संस्था लगायत विभिन्न कार्यालयहरु बन्द भएको अवस्थामा आफनो घर गएर खेती किसान र घरेलु काम गर्न सकिने बताए । अहिले विश्व संगै नेपालमा समेत कोरोनाको कारण आर्थिक संकट हुन सक्ने भन्दै हाम्रो जस्तो मुलुकले सामान्य आत्मनिर्भर बन्न सके मात्र पनि फाइदा हुने अधिकारको भनाई छ ।
डा. अधिकारीले धेरै भीड्भाड हुने ठूला उद्योग र कार्यालय बन्द गरिए पनि साना घरेलु लगायत कृषी सम्बन्धी काम गर्न सकिने बताए । नेपाल चेम्बर अर्फ कमर्सका बरिष्ठ उपाध्क्ष राजेन्द्र मल्लले कोरोनाको जोखिमबाट बच्न सवै नेपाली एक जुट भएर जुटन् जरुरी रहेको बताए ।
विश्वमा फैलिएको कोरोनाले नेपालको अर्थतन्त्रका समेत असर गर्न थालेको भन्दै समस्यालाई शक्तिमा बदल्न जरुरी रहेको मल्लले बताए । बजारमा औषधि कच्चा प्रदार्थ आठ महिनालाई पुग्ने मौज्दात रहेको र सामानहरु आर्यात भइरहेकोले डराइहाल्ने अवस्था नरहेको बताए ।
उपभोक्ताले बजारमा सामान अभाव हुन्छ भन्ने हल्लामा लागेर अनावश्य धेरै सामान खरिद गरेर नराख्न बरिष्ठ उपाध्क्ष मल्ले आग्रह गरे । बजारमा सामान अभाव भयो भनेर कालोबजारी गर्ने व्यापारीलाई कारावार्ही गर्न चेम्बरले सरकारलाई सहयोग गर्ने समेत बताए ।
उद्योग वाणिज्य महासंघका दिनेश श्रेष्ठले कोरोनाको कारण देशको अर्थतन्त्रलाई जोगाउन सरकारले साझा रणनीति बनाउन जरुरी रहेको बताए । अहिले उद्योग व्यवसायीहरु आर्थिक रुपमा घाटामा गएकोले प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आग्रह गरे ।
जनतालाई अत्यावश्य सामान उपलव्ध गराउन व्यवसायीहरु सक्रिय भएर लागेको समेत श्रेष्ठले बताए ।