के हो सेल्फ क्वारेन्टाइन ? घरमै सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने ?
काठमाडौं – विश्वभरी कोरोनाको त्रास छाइरहेको वेलामा नेपालमा पनि विभिन्न खालका सावदानीहरु अपनाइदै छ । नेपालमा आफै सजग भएको खण्डमा कोरोना भाइरसले खासै असर नगर्ने विज्ञहरुले बताउँदै आएका छन ।
पछिल्लो समय सुरक्षित रहनका लागि सेल्फ क्यारेन्टाइनको बहस चलिरहेको छ । आफै सुरक्षित बस्नुलाई सेल्फ क्वाारेन्टाइन भनिन्छ । सेल्फ क्वारेन्टाइनका लागि १ मिटर भन्दा टाढा छुट्टै (एक्लै) बस्न पर्छ । काठमाडौं सेल्फ क्वारेन्टाइनको सम्भावना कम रहेको भएपनि बाहिर रहेका नेपालीका लागि यो विधि उत्तम हुने त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ एवम् सहप्राध्यापक डाक्टर सन्तकुमार दासको भनाई छ ।
दासले कोरोना रोकथामका लागि व्यक्तिगत प्रयास नै महत्वपूर्ण हुने बताएका छन् । यस्तो बेलामा सरकारले उपचारको नेतृत्व गर्ने भए पनि जनताको भूमिका महत्वपूर्ण हुने बताए।
‘सोसल डिस्टेन्सिङ मेन्टेन’ गर्नु सबैभन्दा महत्वपूर्ण हुनेसमेत उनले बताए। यो नै सेल्फ क्वारेन्टाइन हो ।
‘सार्वजनिक स्थानमा नजाने, धेरै मान्छे एक ठाउँमा भेला नहुने भनेर सरकारले पनि निर्देशन दिइसकेको छ। त्यसैले अत्यावश्यक काम छैन भने घरबाट बाहिर निसक्नु हुँदैन,’ उनले भने,‘सकेसम्म सार्वजनिक सवारी साधनको प्रयोग गर्नु हुँदैन। प्रयोग गर्न परे पनि भीडभाड नभएको बसमा यात्रा गर्नुपर्छ।’
रूघाज्वरो छ भने घरमै बसेर उपचार गर्नुपर्ने भन्दै डाक्टर दासले श्वास फेर्न गाह्रो भयो, खकार निस्कियो र खकारमा रगत देखियो अनि छाती कडा भयो भने स्वास्थ्य संस्थामा जान सुझाव दिए।
यदि रूघाखोकी र ज्वरो आएमा घरमै आराम गर्ने र सिटामुल खान सकिने उनको भनाइ छ। ‘यो रोग अस्पतालबाटै धेरै फैलिएको छ। यदि अत्यावश्यक छैन भने तपाईं अस्पताल नजानुस्,’ उनले भने,‘सामान्य समस्याका लागि अस्पताल जान जरूरी छैन। यदि बिरामी छ भने एक जनामात्रै कुरूवा बसिदिनुस्। जसले गर्दा कोभिड –१९ को तयारी गर्न पाइयोस्।’
कोरोना रोकथामका लागि ‘सेल्फ क्वारेन्टाइन’ उपयुक्त हुने भए पनि सबैले यस्तो गर्न सम्भव नरेहको उनले बताए।
‘हाम्रो सामाजिक बनावट हेर्दा सेल्फ क्वारेन्टाइन कठिन छ। कम्तिमा १ मिटरको डिस्टेन्ट मेन्टेन गर्नुपर्छ,’ उनले भने,‘हाच्छिउँ र खोक्दा नाकमुख छोप्नुपर्छ। जथाभाबी अनुहार छुनु हुँदैन।’