शिव हमालको नयाँ गीतले बजार तताउँदै (भिडियोसहित)

शनिबार, ८ चैत्र २०७६

काठमाडौं – लोकप्रिय सर्जक शिव हमालको शब्द र संगितमा अर्को लोकप्रिय गीत बजारमा आएको छ । उनको शब्द र संगितमा ‘लाउदैन र बाडुल्की’ बोलको मौलिक गित सार्वजनिक भएको हो ।

सर्जक हमालले यो गित अरु सृजना भन्दा केही मौलिक भएकोले नेपाली श्रोता दर्शकले रुचाउनेमा आफू बिश्वस्त रहेको बताए । यस गितमा गायक कमल बिसी माल्दाइ र गायिका प्रतिभा अर्पणले स्वर दिएका छन । यस गितमा अभिनय तथा नृत्य सुनिल क्षेत्री र रक्षा श्रेष्ठको रहेको छ ।

प्रतिभा अर्पणको एल्बमको रुपमा यो गित बजारमा आएको हो । मौसम हिमालीको निर्देशन रहेको यस गितमा नवराज उप्रेतिको छायाकन गरेका छन । सुनिल परियारको म्युजिक एरेन्ज रहेको यस गितमा शिव हमालको अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको छ । गितको सम्पादन प्रबिन भट्टले गरेका हुन भने मारुनी रेकर्डिङ स्टुडियोमा गित रेकर्ड भएको हो ।