चीनसँग सरकारले माग्यो १५ प्रकारका अत्यावश्यक स्वास्थ्य सामग्री

शनिबार, ८ चैत्र २०७६

काठमाडौं – कोरोना भाइरसको जोखिम कम गर्न सरकारले अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्‍द गरेको छ। तर, सरकारले जनताको दैनिकी जीवनशैलीसँग प्रत्यक्ष जोडिएको सेवा प्रवाह गर्ने निकायलाई भने नियमियतिरुपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

चैत ९ गतेपछि पनि बन्‍द नहुने सेवाहरूमा सबै खालका सरकारी कार्यालय, टेलिफोन तथा इन्टरनेट सेवा, संघसंस्था, अस्पताल तथा अन्य स्वास्थ्य संघस्थाहरू छन्। त्यसैगरी, होटल तथा रेष्टुराँ पेट्रोलियम पदार्थको विक्री वितरण गर्ने स्थान तथा ढुवानी गर्ने साधनहरु,फोहोरमैला उठाउने कार्य,औषधि पसल, बैंक, बीमा कम्पनी तथा

विद्युतीय सेवा प्रदान गर्ने संस्था,खानेपानीको विक्रीवितरण गर्ने निकाय, दाल, चामल लगायतका दैनिक उपभोग्य सामग्रीको विक्रीवितरण केन्द्रहरु, आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा , सरकारी छापाखानासम्बन्धी सेवा, हुलाक सेवा, सञ्चारमाध्यम, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा दिने निकायको सेवालाई भने बन्द हुनेछैन।

सरकारले यही आइतबारदेखि सबै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ। यस्तै सरकारले यसअघि नै खाडी, युरोपसहितका क्षेत्रका ६० भन्दा मुलुकबाट नेपाल आउने सबै यात्रुलाई रोक लगाइसकेको छ। यो प्रतिबन्धपछि अब छिमेकी मुलुक भारतबाट भइरहेका केही उडान पनि पूरै रोकिनेछन्। भने भोलीबाटै देशभित्र पनि लामो दूरीको यातायातसमेत सञ्चालनमा रोक लगाइने बताइएको छ।

सरकारले अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन र धेरै भिडभाड नगर्न यसअघि आग्रह गरिसकेको छ। कोरोना भाइरसको जोखिम बढ्दै गए पछि यसअघि नै एसइई परीक्षासहित विभिन्न विश्व विद्यालयका परीक्षा तथा स्थगित गरिसकेको छ। भने देश भरका अदालतहरु समेत चैत २१ गते सम्मलाई बन्द गरिएको छ।