कञ्चनपुर जिल्ला कोरोनाको उच्च जोखिममा, कोरोनाको संकामा थप २ जना अस्पताल भर्ना

शनिबार, ८ चैत्र २०७६

धनगढी – पश्चिम नेपालाको कञ्चनपुर जिल्ला कोरोनाको उच्च जोखिममा रहेको पाइएको छ । खुला सिमानाका कारण भारतबाट ठुलो संख्यामा आउन थालेपछि उच्च जोखिम भएको जिल्लाका रुपमा हेर्न थालिएको छ ।

भारतबाट नेपाल आएका २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशङ्कामा कञ्चनपुरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको छ । शनिवार भारतबाट नेपाल भित्रिएका २ जनामा उच्च ज्वरो देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो ।

दुबै गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । सीमा नाकामा परीक्षणका क्रममा ज्वरो उच्च देखिएपछि दुवै जनालाई महाकाली अस्पतालमा भर्ना गरिएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकृष्ण श्रेष्ठले बताए । उनीहरुको खकारको नमुना सङ्कलन गरेर पठाइएको जानकारी दिए ।

‘हामीले धनगढी पठाएका छौँ । धनगढीबाट काठमाडौँ पठाइन्छ’ उनले भने, ‘नमुनाको रिर्पोट आएपछि मात्रै थप कुरा थाहा हुन्छ ।’ यसअघि कैलालीको सेतीप्रादेशिक अस्पतालमा पनि तीनजना भर्ना भएका थिए । उनीहरुको पनि खकार संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।