१ सय ६३ नेपाली भक्तपुरको क्वारेन्टाइनमा
काठमाडौं – सरकारले कतार र भारतका विमानस्थलमा अलपत्र परेका १ सय ६३ नेपालीको उद्धार गरिएको छ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याएर नेपाली सेनाले क्यारेन्टाइनमा राखिएको छ ।
भारतको विमानस्थलबाट २८ जना र कतारबाट १३५ जना नेपालीलाई उद्धार गरेको ल्याइएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको शुक्रवारको बैठकले अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको हो ।
नेपाली सेनाले क्वारेन्टाइनको लागि भक्तपुरको चाँगुनारायणस्थित खरीपाटीमा बनाएको क्वारेन्टाइन सेन्टरमा राख्न लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।