मेयर हुन त रमण थापा जस्ता, जसले घर फर्किनेलाई निशुल्क बसको व्यवस्था गरे

शनिबार, ८ चैत्र २०७६

काठमाडौं – पाल्पाको रामपुर नगरपालिकाका मेयर रमण थापाले रामपुरबासीका लागि निशुल्क बसको व्यवस्था गरेका छन । कोरोना त्रासले घर फर्किनेको भिड लागेसँगै थापाले काठमाडौंदेखि रामपुरसम्मका लागि निशुल्क बसको व्यवस्था गरेका हुन ।

रामपुर स्थायी घर भई हाल काठमाडौमा बसोबास गर्ने जो सुकैलाई पनि घर जान चाहेमा निशुल्क बसको व्यबस्था गरिने नगरपालिकाले जनाएको छ । जताततै कोरोना भाईरसको त्रास फैलिरहेका बेला आफ्नो नगरका जनताहरुलाई घर जान सहज होस् भन्दै निशुल्क गाडीको व्यबस्था गरिएको रामपुर नगरपालिका मेयर रमण थापाले बताए ।

पाल्पा घर जान चाहानेले चैत्र ९ गते बेलुका ४ बजेसम्म खबर गरिसक्नुपर्ने बताइएको छ । जान चाहानुहुने व्यक्त्तिले ९८४७४५५६११ रामु र ९८६०१६९३२५ हरिलाई सिधै फोन गरि नाम टिपाउनुहुन अनुरोध गरिएको छ ।