कञ्चनपुरको गड्डा चौकी नाका बन्द हुने
धनगढी – कञ्चनपुरको गड्डा चौकी नाका बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डा चौकी नाका अनिश्चित कालका लागि बन्द गर्ने भएको हो ।
मंगलबारबाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।
अहिले यो नाका भएर दिनमा हजारौं नेपाली आउने गरेका छन् । रोजगारी तथा भारतमा अध्ययन गर्न गएकाहरु कोरोना भाइरसको त्रास र बिसु पर्वका लागि घर फर्किएका छन् । तत्कालै नाका बन्द गर्दा पर्न सक्ने असरलाई ध्यानमा राखेर मंगलबारट बन्द गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ ।