काठमाडौंमा भेटिए कोरोनाका विरामी

सोमबार, १० चैत्र २०७६

काठमाडौ – काठमाडौंमा एक जनामा कोरोना पोजेटिभ भेटिएको छ । फ्रान्सबाट नेपाल फर्केकी १९ बर्षिय एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिइएको हो । गत मंगलबार चैत ५ गते फ्रान्सबाट कतार हुदै नेपाल आएकी उनमा कोरोना पोजेटिभ भेटीएको हो। उनी हाल टेकु अस्पतालमा रहेको मन्त्रालयले जनाएको छ ।