अखिल क्रान्तिकारीका बझाङ जिल्ला अध्यक्षमाथी कारवाही
कैलाली – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका बझाङ जिल्ला अध्यक्षलाई कारवाही गरिएको छ । प्रहरीसँग आत्मा समपर्ण गरेको भन्दै जिल्ला अध्यक्ष विनोद थापालाई अखिल क्रान्तिकारी सेति महाकाली क्षेत्रीय समयन्वय समितिले कारवाही गरेको हो ।
अखिल क्रान्तिकारी सेति महाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै थापालाई कारवाही गरिएको बताएका छन । थापा विगत केही महिना यता सङ्गठनको सम्पर्कमा नरही आफू खुशी अनुशासन विपरितका गतिविधिमा संलग्न रहेको र यस अघि सङ्गठनको आन्तरिक कार्वाहीको प्रक्रियामा रहेको बताइएको छ ।
कारवाहीको प्रक्रियामा रहेको उनलाई बझाङ जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनमा गई आत्मसमर्पण गरेको आरोप समेत लगाएर सङ्गठनको साधारण सदस्य समेत न रहने गरी निष्काशन गरिएको शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
