रास्कोट नगरपालिकाको घर-घरमा डाक्टर, नगर प्रमुखको चौतर्फी प्रसंशा

सोमबार, १० चैत्र २०७६

कालिकोट – विभिन्न कारणले चर्चामा आइरहने कालिकोट जिल्लाको रास्कोट नगरपालिका फेरी चर्चाको केन्द्रमा पुगेको छ । नगरपालिकाले घरघरमा पुग्ने गरि स्वास्थ्यकर्मीहरु परिचालन गरेपछि रास्कोट नगरपालिका फेरी चर्चामा आएको हो ।

विश्वभर कोरोनाको महामारी फैलिरहेका वेलामा यसको रोकथाम गर्न पूर्व तयारी स्वरुप स्वास्थ्यकर्मीको टोली पर्चा पम्प्लेट सहित घरघरमा जान लागेको नगर प्रमुख काँशीचन्द्र बरालले बताएका छन । तीन दिन भित्र सबैको घरघरमा स्वास्थ्य कर्मीको टोली पुग्ने नगर र वडा स्तरिय विपत व्यवस्थापन समितिको बैठकले निर्णय गरेको बरालले बताए ।

नगरपालिकाले नगरबासीको स्वास्थ्य लाभका लागि नगरपालिका बाहिरबाट आउने जोसुकैको पनि स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश दिने व्यवस्था गरेको छ ।

नगरपालिकाको प्रवेशद्वारा शान्तिघाटमा स्वास्थ्यकर्मीको टोलीसहित स्वस्थ्य डेक्स संचालन आएको बरालको भनाई छ । । त्यस्तै नगरपालिकाले हरेक वडामा व्क्वारेन्टाइन बनाएको जनाएको छ । जिल्ला बाहिरबाट आउने संकास्पद व्यतिmहरुलाई उक्त क्वारेन्टाइनमा राखेर रा निग्रानी गरिने नगरपालिकाले जनाएको छ ।

यदी कसैमा कोरोनाको संका लागेमा नगरपालिका भित्रका विभिन्न सम्यन्त्रहरुलाई सजक रहन आग्रह गरिएको छ । कोरोना लागेको संका लागेमा तत्काल खवर गर्नका लागि नगरपालिकाले विभिन्न निकायका टेलिफोन नम्बरहरु पनि सार्वजनिक गरेको छ ।

रास्कोट नगरपालिका यसअघि श्रम बैंक स्थापना गरेर, सबैको बैंक खाता अभियान संचालन गरेर, रास्कोट सामुदायिक अस्पताल निर्माण, हरेक वडामा सडक र बक्ती बु¥याएर चर्चामा आएको थियो ।