कुन विमान चढेर काठमाडौं आएकी थिइन् कोरोना संक्रमित युवती ?
काठमाडौं – कोरोना संक्रमित घोषणा गरेकी १९ वर्षीय नेपाली युवती कतार एयरवेजको जहाज मार्फत नेपाल आएको खुलेको छ । नेपाल पर्यटन बार्डले ४ चैत (मार्च १७) मा कतार एयरवेजबाट ती युवती नेपाल आएको पुष्टि गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार उक्त दिन कतारबाट काठमाडौंका लागि तीनवटा जहाज नेपाल आएका थिए । तीन जहाजमध्ये पहिलो उडानमार्फत संक्रमित महिला नेपाल आएको बुझिएको छ ।
मार्च १७ तारिखका दिन कतारबाट बिहानको ३ बजेर ५ मिनेटमा उडेको जहाज बिहान १० बजेर ५ मिनेटमा काठमाडौं आइपुगेको थियो । मध्यान्ह १२ बजे दोहाबाट उडेको जहाज सोही दिन बेलुका ७ बजेर ३५ मिनेटमा काठमाडौं आइपुगेको थियो । यस्तै बेलुका ४ बजेर ५५ मा दोहोबाट उडेको जहाज राति १२ः३० बजे काठमाडौं आइपुगेको थियो ।
स्रोतका अनुसार चैत ४ गते कतार एयरवेका ती जहाजमध्ये पहिलो जहाज क्वीआर ६५२ जहाजमा २०५ यात्रु थिए । त्यस्तै, क्वीआर ६५० जहाजमा १०६ जना यात्रु थिए भने क्वीआर ६४४ जहाजमा १५३ यात्रु काठमाडौं आएका थिए ।
#Share
Passengers that arrived in Kathmandu on 17th March from Qatar airways- one Nepali passenger is tested positive. All of you who took that flight please strictly self-quarantine yourself and report to Teku hospital as soon as possible if you get flu-like symptoms or fever.— Nepal Tourism Board (@nepaltourismb) March 23, 2020