६० वर्षमाथिका सबैको कोरोना परिक्षण गरिने
काठमाडौं – ६० बर्षमाथिका सबैको कोराना परिक्षण गरिने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले कोरोना परीक्षणको दायरा बढाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि ६० वर्षमाथिका व्यक्तिमा ज्वरो र खोकी देखियो भने त्यसलाई सम्भावित लक्षण मानेर कोरोना परीक्षण गरिने बताएको छ।
यस्तै, सोही उमेर समूहका श्वाससप्रश्वाससम्बन्धी समस्या भएका बिरामी, दीर्घरोगीहरू दम, मुट, मधुमेह लगायतका रोगबाट पहिलेदेखि नै ग्रसित बिरामीमा समेत ज्वरो र खोकी देखियो भने उनीहरूको पनि अनिवार्यरूपमा कोरोनाभाइरस परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।