क्वारेन्टाइनमा राखिएका ३ सय ४० जना फरार
नेपालगञ्ज – भारतबाट नेपाल आएर क्वारेन्टाइनमा राखिएका ३ सय ४० जना भागेका छन । नेपाल भारत जमुनाह नाकाबाट आएका ५ सय ४० जनामध्ये ३ सय ४० जना सम्पर्क विहिन भएको जिल्ला प्रशासन कार्यलय बाँकेले जनाएको छ ।
बाँके जिल्ला प्रशासन कार्यलय र नेपालगञ्ज उपमहानगरपालिकाले ते जुनाहा नाकाबाट उद्धार गरेर नेपाल ल्याएका उनीहरु क्वारेन्टाइनबाट भागेको बताइएको छ । उनीहरुलाई ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।
तर एउटै कोठामा ३०÷३५ जना राखेको भन्दै उनीहरुले असन्तुष्टि जनार भागेको बुझिएको छ । कि आफूहरुलाई घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्नुपर्ने भन्दै विरोध गरेका उनीहरु सानो संख्यामा रहेका सुरक्षाकर्मीलाई अटेर गर्दै भागेका बताइएको छ ।
प्रहरीका अनुसार अहिले महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा करिव २०० मानिस छन् र, उनीहरुको स्वास्थ्य जाँच भइरहेको छ ।