विश्वभर कोरोनाका कारण १५ हजार बढिको ज्यान गयो, नेपालको अबस्था कस्तो ?

सोमबार, १० चैत्र २०७६

काठमाडौं – विश्वभर कोरोनाको संक्रमणबाट १५ हजार ३ सय ६१ जनाको मृत्यु भएको छ । पछिल्लो समय ७ सय २३ जनाको ज्यान गएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६१ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

ताजा अपडेट अनुसार चीनमा ९ जना, अमेरिकामा ३९ जना, स्पेनमा ४ सय ३४ जना, जर्मर्नीमा २७, इरानमा १२७ जनाको मृत्यु भएको छ । विश्वभर संक्रमितको संख्या तीन लाख ३५ हजार ४ सय ६१ पुगेको छ । जसमध्ये ११ हजार २ सय २७ को अवस्था गम्भिर छ ।

यस्तै नेपालमा एक युवतीमा कोरोना भाइरस भएको पुष्टी भएको छ । फान्सबाट कतार हुँदै नेपाल आएकी १९ बर्षिया युवतीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा २ जनामा कोरोना देखिएको छ । जसमध्ये १ जनालाई निको भएर घर फर्किसकेका छन ।