कोरोना संक्रमित युवतीसँगै आएका अर्का व्यक्ति सम्पर्कमा, कस्तो छ उनको अवस्था ?
काठमाडौं – फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनी सँगै एउटै जहाजमा नेपाल आएका अर्का व्यक्ति पनि सम्पर्कमा आएका छन् ।
बागलुङको ढोरपाटन नगरपालिका अधिकारीचौरका ती युवा सम्पर्कमा आएपछि मेयरसहित चिकित्सकको टोली त्यसतर्फ जाँदैछ । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले ती व्यक्ति सम्पर्कमा आएको र स्वास्थ्यकर्मीसहित आफूहरू अधिकारीचौर पुग्न लागेको बताए ।
चैत ४ गते फ्रान्सबाट फर्किएकी काठमाडौं घर भएकी महिलामा कोरोना संक्रमण देखिएको थियो । सँगै आएकी भियतनामकी साथीलाई कोरोना पोजेटिभ देखिएपछि उनी स्वास्थ्य परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन् ।