जव फिल्म निर्देशककी छोरी नै पोर्न फिल्म खेल्न तयार भइन…

मंगलबार, ११ चैत्र २०७६

हलिउड – हलिउडका चर्चित निर्देशक स्टिवन स्पिलवर्गकी छोरी मिकायला जर्जले हालै पोर्न स्टारको रूपमा आफ्नो करिअर सुरु गर्ने घोषणा गरेकी थिइन् ।

यो घोषणाले चर्चामा आएकी उनी अहिले फरक कारण फेरि चर्चामा आएकी छन् । मिकायलालाई घरेलु हिंसाको आरोपमा पुलिसले हिरासतमा लिएको छ ।

खबरअनुसार मिकायलालाई शनिबार बिहान घरेलु हिंसाको अपराधमा गिरफ्तार गरिएको हो । त्यो समय उनी पति चक पैनकोवसँग बस्दै आएकी थिइन्। चक एक पेसेवर खेलाडी हुन् ।

चकले पनि यो खबरको पुष्टि गरेका छन्। तर उनले मारपिटबारे पूरा जानकारी भने दिएका छैनन् ।

मिकायलाले हालै एडल्ट इन्टरटेनमेन्ट इन्डस्ट्रीमा आफ्नो करिअर बनाउने घोषणा गरेकी थिइन् । मिकायलाले आफूले एडल्ट भिडियो बनाउन शुरू गरेको पनि बताएकी थिइन् । उनका पिता यो विषयलाई लिएर निकै चिन्तित छन् ।