भारतबाट आएका एक जनाको मृत्यु, कोरोना आशंका

बुधबार, १२ चैत्र २०७६

गुल्मी – केहि दिन अघि मात्र भारतबाट घर आएका गुल्मी घमिरका एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्वर–७, साविक घमिर गाविस वेदथलाका ६३ बर्षीय केयरसिंह बिश्वकर्माको भारतबाट घर आएको दशौं दिनमा मृत्यु भएको हो ।

दमको रोगले बिरामी परेर घर आएका उनलाई कोरोेना भाइरसको संक्रमण हुनसक्ने आशंका गरिएको छ । तर लामो सयमदेखि दमले थलिएका र त्यसको कारण उनको मृत्यु भएको वडाध्यक्ष वेदप्रसाद पन्थीले बताए ।

‘उनलाई कोराना भाइरसको संक्रमण नभएको र ज्वरो समेत नआएकाले उनको दमको व्यथाले नै मृत्यु भएको वडाध्यक्ष पन्थीले जानकारी दिएका छन्। उनका अनुसार त्यस वडामा यति बेला भारतबाट २० देखि २५ जनाको संख्यामा वडावासीहरु घर आएका छन् ।