सर्वोच्चको आदेशमा नेकपाका दुई केन्द्रीय नेता रिहा (भिडियो सहित)

बुधबार, १२ चैत्र २०७६

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेता रिहा भएका छन । नेकपाका केन्द्रीय सदस्य नविन बिक (हितमान) र अनेमसंघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ सर्वोच्च अदालतको आदेशमा रिहा भएका हुन ।

उनीहरुलाई गत चैत ३ गते सर्वोच्च अदालतले रिहा आदेश दिए पछि फेरी पक्राउ गरेको थियो । प्रहरीले गेटबाटै पक्रउ परेका उनीहरुलाई आफन्तले बन्दीप्रत्यक्षिकरण रिट हालेका थिए । रिट उपर बहस गर्दै सर्बोच्च अदालतका न्यायधीश टंक बहादुर मुत्तात र प्रकाश कुमार ढंगानाको संयुत्त इजलासले रिहा गर्न आदेश दिएको थियो ।

उक्त रिटमा बरिष्ठ अधिबत्त एकराज भण्डारी, अधिबत्तम चिनन्जिवि ढकाल, सन्तोष भण्डारी, खिमानन्द अधिकारी र लम्मी (नानी) थापाले बहस गरेका थिए । उनीहरुलाई आज अदालतले रिहा गरेपछि सुरक्षित स्थानमा गएको बुझिएको छ ।