तपाईको माछापुच्छ्रे बैंकमा खाता छ ? लकडाउनमा यी शाखाहरु खुल्ला रहनेछन

बिहिबार, १३ चैत्र २०७६

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले लकडाउनको वेलामा देशभरका विभिन्न शाखाहरु निश्चित समयका लागि खुल्ला रहने जनाएको छ । अत्यावश्यक सूचना जारी गर्दै बैंकले देशभरका केही शाखाहरु खोलिने जनाएको छ ।

कोरोना भाइरस रोकथाममा लागि सरकारले गरेको १ हप्ताको लकडाउनलाई मध्यनजर गर्दै बैंकले आजका लागि तपशिलका शाखाहरु खोलेको हो । यसका अलवा बैंकले अनलाइनबाट आफ्ना जिज्ञासाहरु राख्न सकिने जनाएको छ ।

बैंकले फेसबुक, म्यासेन्जर लगायतका सामाजिक संजालबाट आफ्ना जिज्ञासाहरु राख्न सकिने जनाएको छ । यसविचमा बैंकका १९६ ओटा एटिएमहरु र १४८ ओटा शाखारहित बैंकिङ काउन्टरहरुबाट पैसा निकाल्न सकिने बैंकले जनाएको छ ।