न्‍यूज २४ का दुई जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टी

बिहिबार, १३ चैत्र २०७६

एजेन्सी – पाकिस्तानको चर्चित टेलिभिजनका दुई जना पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ । कोरोना भाइरस सम्बन्धी समाचार संकलनका क्रममा सुरक्षा साबधानी नअपनाउदा न्‍यूज २४ एचडी टीभीका दुईजना सहित तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

डेली टाइम्स अनलाइनका अनुसार, तीनैजना पत्रकारको नाम भने खुलाइएको छैन। अर्का पत्रकार अबतक टीभीका हुन्। उनीहरु पाकिस्तानको लाहोर र पूर्वी पञ्जाव प्रान्तमा कार्यरत थिए।

यता, टीभी च्यानलका कार्यकारी निर्देशक मोहसिन नाकभीले भनेका छन्, ‘हामीले थप अरु पत्रकारहरुलाई अनुसन्धान गरिहरेका छौ। उनीहरुलाई पनि व्‍यक्तिगत रुपमा परीक्षण गरी क्वारेन्टाइनमा पठाइसकेका छौ। हामी यसबारेमा पुरै तयारीका साथ लागेका छौ।’

यसका साथै उनले पत्रकारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरु अभाव रहेको बताएका छन्।