परवानिपुर स्वास्थ्य चाैकिको आग्रह, कोरोनाको शंका लाग्यो ? फोन गर्नुहोस् (फोन नम्बरसहित)

बिहिबार, १३ चैत्र २०७६

सर्लाही – सर्लालीको लालबन्दी नगरपालिकाले सजकता अपनाएको छ । नगरपालिकाले कोही पनि व्यक्ति विदेशबाट आएको थाहा पाए खवर गर्न भनिएको छ ।

वडा नम्बर १५ र १६ परवानीपुरमा पछिल्लो समयमा विदेश वा भारतबाट आएको भए तत्काल नगरपालिकालाई खवर गर्न अथवा घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ । बाहिबाट आएका कोही पनि घर परिवारमा घुलमिल नभइ छुट्टै क्वारेन्टाइनमा बस्न भनिएको छ ।

अरुलाई संक्रमित हुनबाट बचाउनका लागि घर परिवारका सदस्य तथा अन्य व्यक्तिबाट टाढा बस्न आग्रह गरिएको छ । यदी त्यस्ता शंकास्पद बिरामीहरु भेटिएमा विभिन्न नम्बरहरुमा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ । शंका लागेमा तलका नम्बरहरुका सम्पर्क गरेर आफू र आफ्नो समाजलाई सुरक्षित बनाउन भनिएको छ ।

तपशिल
१) हिमान्शु शेखर कर्ण (जनस्वास्थ्य निरिक्षक) परवानिपुर स्वास्थ्य चौकी, ९८४१८८५४११६
२) हिरदेश कुमार यादव हेल्थ असिस्टेन्ट परवानिपुर स्वास्थ्य चौकी, ९८४३४७१४१८
३) नवीन प्रसाद चौधरी ह्ल्थ असिस्टेन्ट परवानिपुर स्वास्थ्य चौकी, ९८६९३६३२८५