प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना

शुक्रबार, १४ चैत्र २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली एक्कासी अस्पताल भर्ना भएका छन् । हिजो रातिदेखि अस्वस्थ भएपछि प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको हो ।

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएकाले अस्पताल भर्ना गरिएको बालुवाटार निकट श्रोतको भनाई छ । अहिले बिहानसम्म प्रधानमन्त्रीको स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए ।

२१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।