अस्पतालले विरामी हेर्न नमान्दा एक जनाको ज्यान गयो
काठमाडौं – डाक्टरको लापरिवाहीका कारण एक बालिकाको मृत्यु भएको छ । ललितपुरको किष्ट मेडिकल कलेज सिक्षण अस्पतालको लापरवाहीका कारण बालिकको मृत्यु भएको आफन्तले बताएका छन ।
डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तले आक्रोश पोखेका छन् । घरमा सानो खाट (लोबेड) बाट लडेर बेहोस भएकी बालिकाको किष्ट मेडिकल कजेजले उपचार नगरेका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
९ महिनाकी बालिका कृष्टिना खत्री शुक्रबार साढे १२ बजे लडेर बेहोस भएपछि १५ मिनेटभित्र अस्पतालमा पु¥याएको उनका बुवा नवराज खत्रीले बताए । अस्पतालको इमरजेन्सीमा लगेर राखेपछि डाक्टरले चेकजाँच गर्ने तथा अक्सिजन दिन केही पहल नगरेको उनीहरुको आरोप छ ।
बालिकाकी हजुरआमा राधिका खत्रीले डाक्टरहरुले वास्ता नगरेको कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोश व्यक्त गरिन् । इमरजेन्सी बेडमा सुताएपनि उपचारका लागि डाक्टरले बालिकालाई नहेरेपछि जबरजस्ती भित्र पसेर अर्को अस्पतालमा उपचारका लान खोज्दा डाक्टरले बालिकाको मृत्यु भएको बताएको खत्रीले बताए ।
अस्पतालले लापरबाही गरेको भन्दै उनीहरुले बालिका जिवितै रहेको आशंकामा ललितपुरको अर्को अस्पताल बी एण्ड बीमा लगे । तर त्यहाँ अस्पताल ल्याउन ढिला भएको कारण मृत्यु भएको डाक्टरले बताएको खत्रीले बताए । लापरवाही गर्ने अस्पताल र डाक्टरलाई कारवाही गर्न उनीहरुले माग गरेका छन् ।
सिन्धुली घर भइ हाल ललितपुरको लुभू पानी ट्यांकीमा डेरा गरी बस्ने नवराज खत्री र सुनिता मोक्तान खत्रीकी छोरी घरमा खेल्दाखेल्दै लडेर बेहास भएकी थिइन् ।
बालिकाको मृत्युपछि अस्पताल प्रशासनले अस्पताल हाताभित्र प्रहरी बोलाएकोे थियो । बालिकाको मृत्युको कारणबारे बुझ्न खोज्दा अस्पताल प्रशासनले जानकारी दिन चाहेन ।
