गोली लागेर प्रहरी हवल्दारको ज्यान गयो

शुक्रबार, १४ चैत्र २०७६

पोखरा – गोली लागेर एक जना प्रहरी हवल्दारको ज्यान गएको छ । स्याङ्जाको हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार गोली लागेर ज्यान गएको हो ।

पोखरा २६ घर भएका पौडेल चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको बताइएको छ । उनलाई उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु भएको मृतकका आफन्त सूर्य पौडेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले भने घटनाको कारण अनुसन्धान गर्न घटनास्थलमा प्रहरी टोली गइरहेको बताएको छ ।

काका सूर्यले घटना छानबिनको माग गरेका छन् । घटनाको थप विरवरण आउन बाँकी छ ।