कतार एयरलाइन्सका दुई विमान नेपाल आउँदै

शनिबार, १५ चैत्र २०७६

काठमाडौ – कतार एयरलाइन्सले शनिबार २ वटा उडान भर्दै छ । विदेशी नागरिकलाई फर्काउनको लागि अनुमति दिइएको कतार एयरले काठमाडौं देखि दोहा उडान भर्न थालेको हो।

शुक्रबार ३०० युरोपेली नागरिकलाई लगेको कतार एयरले शनिबार १०ः१५ मा एउटा र ११ः१५ मा अर्को विमा काठमाडौं आउदै छन् । कतार एयर शून्य प्यासेन्जर नीति अनुसार उडान अनुमति पाएको छ ।

जसअन्तर्गत उताबाट १ जना पनि प्यासेन्जर आउने छैनन् भने यताबाट प्यासेन्जर लैजाने छ । देशलाई लकडाउन गर्नु पूर्व पनि उडान स्थगित गरिए पनि कतार एयरले भने निरन्तर उडान भरेको थियो ।

गत मंगलबार, बुधबार र बिहीबार कतार एयरको उडान रोकिएकोमा शुक्रबारबाट निरन्तर उडान गरेको छ ।