स्यानिटाइजरलाई रक्सी भनेर पिउँदा कैदी बन्दीको ज्यान गयो

शनिबार, १५ चैत्र २०७६

केरल – कोरोना भाइरसको सुरक्षाका रुपमा लिइएको स्यानिटाइजरलाई एक कैदीले रक्सी भेर पिउँदा ज्यान गएको छ । भारतको केरलको एक जेलभित्र ती व्यक्तिको मृत्यु भएको भारतीय संचार माध्ययमले जनाएका छन ।

जेल अधिकारीले कैदीको मृत्यु स्यानिटाइजर पिएपछि भएको पुष्टि गरेका छन् । रिपोर्टका अनुसार १८ फेब्रुअरीमा जेल ल्याइएका कैदी रामनकुट्टीले जेलभित्र स्यानिटाइजर पिएका थिए, त्यसपछि उनी परिसरभित्रै लडेका थिए ।

जेल अधिकारीका अनुसार मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो जहाँ उनको उपचारको क्रममा मृत्यु भयो । घटनाको विषयमा वरिष्ठ जेल अधिकारीले भने, ‘हामीलाई शंका छ कि कैदीले राज्य सरकारको निर्देशन अनुसार जेल परिसरमै बनेको स्यानिटाइजरको एउटा बोतल पिए ।’ उनका अनुसार सरकारको आदेशमा मानिसहरुका लागि जेलभित्रै स्यानिटाइजर बनाउने काम चलिरहेको थियो ।

जेल अधिकारीका अनुसार आइसोप्रोपिल अल्कोहलको उपयोग हातको स्यानिटाइजर बनाउने प्रमुख सामग्रीको रुपमा प्रयोग गरिन्छ तर कैदीले यसलाई नशाको रुपमा प्रयोग गरे । मृत्युको सही कारण पोष्टमार्टमपछि पत्ता लाग्ने अनुमान गरिएको छ ।