नेपाल एयरलाइन्सको विमान यसरी दुर्घटनामा पर्यो, हेर्नुहोस फोटो फिचर

शनिबार, १५ चैत्र २०७६

नेपालगन्ज –बाँकेको नेपालगन्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’ मा परेको छ ।

कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।

विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य रहेकामा उनीहरु सबै सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।