अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई राहत दिन कन्सल्टेन्सी व्यवसायीको माग (विज्ञप्तिसहित)
काठमाडौं – चाइनाबाट फैलिएको कोरोनाभाइरस (कोभिड १९)ले विश्वभर महामारीको रुप लिइरहेका वेलामा कन्सल्टेन्सी व्यवसायीहरु एकजुट भएर विद्यार्थीको पक्षमा पहल कदमी लिएका छन । शैक्षिक परामर्श क्षेत्रका विभिन्न छाता संगठनहरुले एक जुट भएर अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।
शुक्रबार पाँच छाता संगठनहरुले एक विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुलाई राहात दिन माग गरेका छन । उनीहरुले कोरोना भाइरसका कारण विद्यार्थीलाई मार परेको भन्दै नेपाली विद्यार्थीलाई सहुलियत प्रदान गर्न माग गरेका हुन् ।
नेपाल शैक्षिक परामर्श संघहरु (इक्यान), स्वातन्त्र शैक्षिक परामर्श संघ (फेकन) इन्टरनेशनल एजुकेशन रिप्रिजेन्टेटिभ इनिसियटिभ नेपाल (आइरिन), नेपाली एसोसियशन अफ अस्ट्रेलिया रिप्रिजेन्टेटिभ (नायर) र अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी एलाइन्स (एका)ले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै नेपालस्थित अष्ट्रेलियन राजदूत, भारतस्थित अष्ट्रेलियन हाइ कमिसन, अष्ट्रेलियन शैक्षिक प्रदायक संस्था, अष्ट्रेलियन समूदाय, अष्ट्रेलियास्थित नेपाली दूतावास तथा अन्य सरोकार वाला पक्षसँग विद्यार्थीलाई सहयोग गर्न अपिल गरेका छन ।
९ बुदे विज्ञप्तिमा सन् २०२० को फेब्रुअरी र मार्च महिनाको इन्टेक स्थगत गर्न वा एक वर्षको समय दिएर अर्को इन्टेकमा भर्ना गर्न माग गरेका छन् । विद्यार्थी नेपाल फिर्ता हुन चाहेमा विद्यार्थीले बुझाएको सम्पूर्ण ट्युसन शुल्क फिर्ता गर्न, उनीहरुलाई छात्रवृत्ति प्रदान गर्न साथै ट्युसन फिमा २५ प्रतिशतसम्म छुट दिन समेत उनीहरुले माग गरेका छ ।
हेर्नुहोस पुरा विज्ञप्ति

