कोरोना अपडेट : इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, अमेरिकालाई लाग्यो दशा
काठमाडौं – कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेहरुको पछिल्ले तथ्याङ्क प्राप्त भएको छ । प्राप्त तथ्याङ्क अनुसार सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । अहिलेसम्म इटालीमा दश हजार २३ जनाको मृत्यु भएको छ ।
इटालीमा हालसम्म ९२ हजार ४ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण देखापरिसकेको छ । संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहरुमध्ये ३,८५६ जनाको अवस्था चाहिँ गम्भीर रहेको छ ।
गएको २४ घण्टाभित्र मात्रै स्पेनमा संक्रमणको कारण ८३२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म स्पेनमा ५ हजा।र ९ सय ८२ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनमा कोरोनाभाइरसले ७३ हजार २ सय ३५ जनालाई संक्रमित तुल्याएको छ जसमध्ये १२,२८५ जना निको भर घर फर्केका छन । बाँकी रहेका संक्रमितहरुमध्ये ४,१६५ जनाको अवस्था गम्भीर रहेको छ ।
उता संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितहरुको संख्या १ लाख २३ हजार ७ सय ५० पुगेको छ । संख्याको हिसाबले संसारभरिमै सबैभन्दा बढी संक्रमित हुनेहरुको देशमा अमेरिका पहिलो र इटाली दोस्रो हुन पुगेको छ । कोरोनाभाइरस सबैभन्दा पहिले देखापरेको चिन भने संक्रमितरुको संख्याको आधारमा तेस्रो नम्बरमा रहेको छ ।