लम्बियो ‘लकडाउन’, औपचारिक निर्णय गर्न मन्त्रीपरिषद् बैठक बस्दै

आइतबार, १६ चैत्र २०७६

काठमाडौं – सरकारले एक साताका लागि लगाएको लकडाउन केही दिन थप्ने भएको छ । कोरोनाभाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन लम्ब्याउन लागेको हो ।

नेपालमा दोस्रो व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । कति समय लम्व्याउने भन्ने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाएका छन ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन एक हप्ताको लागि लकडाउन अवधि २ हप्तासम्मका लागि थप्न लागिएको एक मन्त्रीले जानकारी दिएका छन् । अपरान्ह ४ बजेको मन्त्रीपरिषदले औपाचारीक निर्णय गर्ने ती मन्त्रीको भनाई छ ।