अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध लम्वियो
काठमाडौं – सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध लगाएको छ । सरकारले अप्रिल १५ अर्थात् आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।
सरकारले घोषणा गरेको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध गत आइतवारको मध्यरातीबाट लागू भएको थियो । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।