अमेरिकी डलरको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार, १७ चैत्र २०७६

काठमाडौं – आज २०७६ साल चैत्र १७ गते सोमबार । अज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलरको भाउ ८ पैसा बढेर कारोबार भइरहेको छ ।

आए अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२० रुपैयाँ १६ पैसा रहेको छ । हिजो खरिददर ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२० रुपैयाँ ८ पैसामा कारोबार भएको थियो ।

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६६ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६३ पैसा र बिक्रीदर २७ रुपैयाँ ७७ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३३ रुपैयाँ रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।